काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । बुधबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ । यसअघि मंगलबार भने डलर २७ पैसाले बढेको थियो ।
बुधबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ४ पैसा कायम गरिएको छ । यसअघि मंगलबार पनि उक्त डलरको खरिदबिक्री सोहि मूलयमा भएको थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार बुधबार युरोपियन युरोमा उकालो लागेको छ । युरोपियन युरो एकको खरिददर १४३ रुपैयाँ ५३ पैसा र बिक्रीदर १४४ रुपैयाँ १९ पैसा कायम गरिएको छ। यो मूल्य अघिल्लो कारोबारको तुलनामा ६६ पैसाले बढेको हो । मंगलबार युरो एकको खरिदमूल्य १४२ रुपैयाँ ८८ पैसा र बिक्रीमूल्य १४३ रुपैयाँ ५३ पैसा कायम गरिएको थियो।
बुधबार बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६४ रुपैयाँ ३१ पैसा र बिक्रीदर १६५ रुपैयाँ ६ पैसा तोकिएको छ। यो मूल्य सोमबारको तुलनामा एक रुपैयाँ ७७ पैसाले वृद्धि भएको हो । मंगलबार यसको खरिदमूल्य १६२ रुपैयाँ ५४ पैसा र बिक्रीमूल्य १६३ रुपैयाँ २८ पैसा कायम गरिएको थियो ।
त्यसैगरी, बुधबार अष्ट्रेलियन डलर एकको खरिदमा ८८ रुपैयाँ ८१ पैसा र बिक्रीमा ८९ रुपैयाँ २२ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ९७ पैसा र बिक्रीमा ९८ रुपैयाँ ४२ पैसा कायम भएको छ । यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ९६ पैसा र बिक्रीमा ३६ रुपैयाँ १२ पैसा कायम गरिएको छ ।
बुधबार साउदी अरेबियन एकको खरिददर ३५ रुपैयाँ ४ पैसा र बिक्रीदर ३५ रुपैयाँ २० पैसा, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ७९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९५ पैसा र मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ७४ पैसा र बिक्रीदर २९ रुपैयाँ ८८ पैसामा पाइनेछ । यसअघि मंगलबार साउदी अरेबियन, युएई दिराम रियाल र मलेसियन रिंगिटको कारोबार स्थिर रहेको थियो ।
उता, कुवेती दिनार एकको खरिदमा बुधबार ४२८ रुपैयाँ ३१ पैसा र बिक्रीमा ४३० रुपैयाँ २७ पैसा पाइन्छ भने बहराइन दिनार एकको खरिददर ३४८ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३५० रुपैयाँ २३ पैसा तोकिएको छ।
प्रतिक्रिया दिनुहोस्