काठमाडौं । हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी प्रदेश ,मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदली देखी सामान्यतया सफा रहने छ।
कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन रचट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ। राती भने कोशी प्रदेश ,मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदली देखी सामान्यतया सफा रहने छ।
कर्णाली प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशको पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन र चट्याङ्गबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउनु महाशाखाले अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस्