Ads

चैत्र २६ गते आइतबार, तपाईको दैनिक राशिफल


काठमाडौं । आज बि.सं. २०७९ चैत २६ गते आइतवार ई.सं.२०२३ अप्रिल ९ नेपाल सम्बत ११४३ चौलागा तृतिया, नल नामक संवत्सर, सूर्य उत्तरायणं बसन्त ऋतु, बैशाख कृष्ण तृतिया, चन्द्रमा तुला राशिमा विशाखा नक्षत्र, सिद्धि योग, विष्टि करण । नेपालमा सूर्योदय बिहान ५: ४६ बजे, सूर्यास्त साँझ ६: २५ बजे हुनेछ ।  ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): शुभता बढ्नेछ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । परिश्रमबाट अरुको विश्वास जित्न सकिनेछ । परोपकारमा मन जाला । प्रेममा सफलता मिल्ने समय छ । मित्रजनको साथ प्राप्त होला ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):  विभिन्न अवसरले पछ्याउनेछन् भने बोलीको प्रभाव पनि बढ्नेछ । प्रेममा सफलता पाउने र वैवाहिक बन्धन बलियो बन्ने योग छ । बोलीको प्रभाव बढ्नुका साथै मानसम्मान समेत पाइनेछ । आर्थिक समुन्नतिको योग छ । आरोग्यता वृद्धि हुनेछ । सन्तानसुख मिल्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): प्रेमभाव वृद्धि हुने समय भए पनि गलत विचार बढ्ने समयमा निर्णय नहुँदा काममा अवरोध आउन सक्छ । खर्च बढ्ने, झमेलामा परिने र छिमेकीसँग विवाद बढ्ने सम्भावना छ, सजग रहनुहोला ।  बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । आरोग्यता वृद्धि हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): व्यस्तता वृद्धि हुनेछ । व्यापारमा सफलता मिल्ला । धनलाभ हुनेछ । धार्मिक सामाजिक कामको दायित्व थपिन सक्छ । मान सम्मान मिले पनि मनमा डर रहने योग पनि छ । मिठो भोजन प्राप्त हुनेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): दिन सुखमय तवरले बित्ने देखिन्छ ।  ठूला व्यक्तिले तपाईंबाट आशा–भरोसा गर्नेछन् । बोलीकै भरमा महत्वपूर्ण काम हुन सक्छन् । पराक्रम वृद्धि हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ । रसरागको भाव वृद्धि हुनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): सोच्दै नसोचेको स्थानबाट लाभ हुने दिन छ । उद्योग र व्यापारमा विशेष फाइदा होला । सहयोग र नयाँ मित्रको आगमनले अन्ततः आफ्नो मन प्रशन्न हुनेछ, अन्य विविध फाइदा पनि हुन सक्छ । समय मनोरञ्जनपूर्ण रहनेछ । रसरागमा आकर्षण बढ्नेछ । प्रयासरत काममा सफलता प्राप्त हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): आजको दिन स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । परिश्रमले लक्ष्य पूरा गर्न सकिनेछ । तर नोकरी र राजनीतिमा भने केही अप्ठ्यारो परिस्थिति सामना गर्नुपर्नेछ । काममा सफलता मिल्नेछ । शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  काममा सहयोगीहरूले राम्रो साथ दिनेछन् । नयाँ काम पाउने योग छ । पढाइमा राम्रै उन्नति गरेर अगाडि बढ्न सकिनेछ । साहसक र कठिन काममा सक्रियता बढ्नेछ भने पुराना साथिसंगीसँग भेटघाट गर्ने अवसर जुट्ला । रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । आँटेगरेका काम पुरा भइ धनको लाभ हुन सक्छ । विभिन्न भौतिक साधन जुट्नुका साथै व्यावसायमा राम्रो फाइदा उठाउन सकिनेछ । रोकिएको काम बन्नेछ । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनुहुनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ । ब्यापारमा गरेका प्रयासहरु सकारात्मक रहनेछन् । यात्रा पनि रमाइलो हुनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । कमाइ रामै्रसँग हुनेछ । आशा उत्साह बढ्ला ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): समय त्यति राम्रो छैन । अरूको भर पर्दा काममा धोका हुन सक्छ । गलत विचार बढ्नेछ, समयमा सही निर्णय गन सकिँदैन । तथापि, सुखसुविधा र विलासिताका सुविधा उपलब्ध होलान् । बोली र व्यक्तित्वको प्रभाव बढ्ला ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ । बन्न लागेको काम बिग्रन सक्छ । घरेलु समस्याले सताउने र काममा अवरोध आउने योग छ । पढाइलेखाइमा प्रगति हुनेछ । काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ ।

Ads

सम्बन्धित पोष्टहरू