Ads

राष्ट्रियसभा निर्वाचनको तयारी पूरा


काठमाण्डौ । राष्ट्रियसभा सदस्य पदको निर्वाचनका लागि प्रदेश नं १ मा सबै तयारी भइसकेको छ । प्रदेश निर्वाचन कार्यालय विराटनगरले यही माघ १२ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि प्रदेशमा तीन सिटको निर्वाचनका लागि सो तयारी गरेको हो ।

निर्वाचनका लागि आयोगले प्रदेश निर्वाचन कार्यालय विराटनगर–१० र वाली संरक्षण प्रयोगशाला विराटनगर–१० मा गरी दुई स्थानमा मतदान केन्द्र स्थापना गरेको कार्यालयका सूचना अधिकारी तीर्थराज अधिकारीले जानकारी दिनुभयो ।
मतदान बिहान ९ बजेदेखि ३ बजेसम्म हुने कार्यालयले जनाएको छ ।

उक्त निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र०, नेकपा ९एकीकृत समाजवादी० र जनता समाजवादी पार्टी नेपाल ९गठबन्धन दल० बाट तीन, नेपाल कम्युनिष्ट पार्टी ९एमाले० बाट तीन र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दुई उम्मेदवार रहनुभएको छ । गठबन्धन दलका तर्फबाट नेपाली कांग्रेसबाट गोपाल बस्नेत ९झापा०, एमालेबाट गुरु बराल ९मोरङ० र राप्रपाबाट अम्बरबहादुर विष्ट ९झापा०, महिलाका लागि गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी जयन्ती राई ९भोजपुर० र एमालेबाट सुमीत्रा भण्डारी ९झापा० र राप्रपाबाट रञ्जु प्याकुरेल९झापा० रहनुभएको छ ।

अल्पसङ्ख्यकमा गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालका हेमराज राई थुलुङ ९भोजपुर० र एमालेबाट सोनाम ग्याल्जेन शेर्पा ९सोलु० ले उम्मेदवार रहनुभएको निर्वाचन कार्यालयले जनाएको छ । राष्ट्रियसभाको निर्वाचनका लागि प्रदेशसभाका ९२ र १३७ स्थानीय तहका २७२ मतदाता रहेका छन् । प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ भने स्थानीय तहको १८ हुने कार्यालयले जनाएको छ ।
माघ १२ गते नै मतगणना गरी सोही दिन विजयी उम्मेदवारलाई प्रमाणपत्र वितरण गरिने छ । आयोगले मतदाताले मत खसाल्नका लागि निर्वाचित आयोगले विजयी हुँदा दिएको दिएको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, मतदाता परिचयपत्र र राष्ट्रिय परिचयपत्रमध्ये एकको आधारमा मतदान गर्न दिने व्यवस्था गरेको छ । रासस

Ads

सम्बन्धित पोष्टहरू