मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) ब्यापार ब्यवसायका क्षेत्रमा सामान्य समस्या देखा पर्नेछ । निर्णय गर्ने क्षमतामा कमी आउनेछ । नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमी आउनेछ । मित्र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आर्थिक क्षेत्रमा सामान्य तनाबको सामना गर्नु पर्नेछ । बिश्वासिला मानिसहरुबाट धोका हुन सक्नेछ । अध्यन अध्यापनमा समय मध्यम रहनेछ । प्रतिस्पर्धात्मक कार्यका क्षेत्रमा तपाईको अब्बल स्थान प्राप्त रहनेछ । प
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)अनावश्यक खर्चको सम्भाबना रहेको छ । गैर ब्यत्तिहरुको बिश्वासमा नपर्नुनै उत्तम रहनेछ । एक्लोपनको महसुस हुन सक्नेछ । नयाँ कार्य क्षेत्रमा लगानि नगरेकै राम्रो हुनेछ । खराब संगतका कारण सामान्य अप्जस सहनु पर्ला ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) आम्दानि क्षेत्र मध्यम रहनेछ । इष्टमित्रका निम्ती सामान्य खर्च हुन सक्ने सम्भाबना रहेको छ । शारिरिक आलस्यताले सताउन सक्छ । बिलासी सामान खरिद गर्न मन लाग्ने छ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) अर्काको खुसिको लागी अनावश्यक समय जान सक्छ । खराब संगतका कारण सामान्य अपजस आई पर्नेछ । साझेदारी कामका क्षेत्रमा सामान्य झन्जट ब्यर्होनु पर्ला । धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)आजको कार्यले भोलीलाई फाइदा रहनेछ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्नेछ । मान्यजनसंगको सम्बन्ध खराब रहन सक्छ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)रचनात्मक तथा कला कौशलका क्षेत्रबाट सामान्य आम्दानी लिन सकिनेछ । मित्र जनको साथ सहयोगबाट कार्य सम्पादनमा मदत पूग्नेछ । प्रतिस्पर्धात्मक कार्यमा विशेष सफलता प्राप्त हुने योग रहेको छ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) मान्यजनको मार्गदर्शन अबलम्बन गर्नाले भाग्योदयको बाटो आउनेछ । मित्रजनसंगको सम्बन्धमा दुरी बढ्नेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । पुरानो लगानि उठाउन समयले साथ दिनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)मान्यजनको साथ सहयोगबाट बिग्रन लागेको काम बन्नाले दिगो आर्थिक लाभको बाटो बन्न सक्नेछ । बाह्य काममा बढि समय बिताउन मन जानेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित रहनेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) पुराना लगानि उठाउन समयले बिशेष साथ दिनेछ । अध्यन अध्यापनका निम्ती समय उत्तम रहनेछ । मित्रजनहरुसंगकाे भेटघाटमा समय ब्यतित रहनेछ । आर्थिक क्षेत्र सवल रहनेछ । आफु भन्दा सानाको सहयोगले गरीएका कार्यहरु फाईदा जनक रहनेछ ।
प्रतिक्रिया दिनुहोस्