Ads

घोडाघोडीको आमफाटाबाट गाउँ पसेको चितुवाको उद्धार


धनगढी । कैलालीको घोडाघोडी नगरपालिका–८ आमफाटाबाट चितुवाको सकुशल उद्धार गरिएको छ । गाउँमा पसेको वयस्क चितुवाको सकुशल उद्धार गरिएको हो ।

डिभिजन वन कार्यालय पहलमानपुर र इलाका प्रहरी कार्यालय सुखडको टोलीले उक्त चितुवाको सकुशल उद्धार गरेको हो । बिहान गाउँमै घुमिरहेको अवस्थामा स्थानीयले चितुवालाई देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

स्थानीयहरूको हो हल्ला पछि चितुवा स्थानीयको शौचालय भित्र पसेको थियो । उद्धार गरिएको चितुवालाई डिभिजन वन कार्यालय पहलमानपुर राखिएको डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख गोकुल रिजालले बताए ।

चितुवा देखिएको क्षेत्रका स्थानीय बासिन्दा त्रसित थिए । एक साता अघि पनि घोडाघोडी नगरपालिका–२ साडेपानिमा सेउला लिन जङ्गल गएका दुई आमाछोरी रुख चढेर चितुवाबाट बचेका थिए ।

Ads

सम्बन्धित पोष्टहरू