Ads

वैशाख ४ गते सोमबार, तपाईको दैनिक राशिफल


मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )विगतको सफलताले थप काम गर्न हौसला प्रदान गर्नेछ । अभिप्रेरित गर्नेहरूले रचनात्मक काममा प्रवृत्त गराउन सक्छन् । आय आर्जनका स्रोत बढ्नेछन् र दैनिक काममा पनि राम्रै फाइदा हुनेछ । चिताएको काम बन्नाले प्रसन्नता मिल्नेछ । काममा अवरोध आउन सक्छ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )नयाँ कामको प्रस्ताव आउनेछ भने पहिलेका कमी कमजोरीलाई पनि सुधार गर्ने मौका छ । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ । परिवारजनको साथले उत्साह जगाउनेछ । कामका सहयोगीहरू पछि हट्नेछन् भने प्रतिस्पर्धीहरूले सताउन सक्छन् ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ । तर, अरूका काममा समय खर्चनुपर्ला । अवसरका लागि जोखिमपूर्ण काममा जुट्नु पर्ने परिस्थिति आउन सक्छ । जिम्मेवारी प्राप्त भए पनि तत्काल फाइदा उठाउन नसकिएला ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) शुभ चिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुख पाइनेछ । अरूको भरपर्दा धोका पाइएला । मेहनतको फल प्राप्त हुनेछ । दिगो फाइदा हुने काममा लगानी गर्ने मौका प्राप्त हुनेछ । शुभ चिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुख पाइनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । विभिन्न सहयोग तथा उपहार प्राप्त हुने समय छ । सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) मनग्य धन तथा भौतिक वस्तु लाभ हुने समय छ । व्यापार तथा साझेदारीमा पनि फाइदा हुनेछ प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) वादविवादमा परिने योग भएकाले विचारलाई तौलेर मात्र व्यक्त गर्नुहोला । आँट गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ । छर छिमेकमा असमझदारी बढ्ने समय भएकाले होसियारी साथ काम लिनुहोला । अर्थ अभाव खट्किनाले बनिसकेको काम दोहोर्याउनु पर्ने हुन सक्छ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )चुनौतीहरू पन्छाउँदै रोकिएका काम पनि सम्पादन गर्न सकिनेछ । फाइदाका पछि लाग्दा साथीभाई टाढिन सक्छन् । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । अरूको विश्वास जिते पनि आफ्नाले धोका दिन सक्छन् ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराएपनि प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला । समयमा सजग नबन्दा शुभ चिन्तकहरू समेत टाढा हुन सक्छन् ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) विछोडिएका आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनमा रमाउने अवसर प्राप्त हुनेछ । अधिकारका लागि केही संघर्ष हुन सक्छ । आँटेका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन् । फजुल खर्च पनि बढ्नेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) स्वास्थ्यमा अलि कमजोरी अनुभूति हुनेछ । केही बाध्यतापूर्ण काममा जुट्नुपर्ला । स्वास्थ्य प्रतिकुल रहेपनि हिम्मतले काम लिनुका साथै भैपरी आउने समस्या सुल्झाउन सकिनेछ । आश मारेको कामले उत्साह जगाउनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ । काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ । सामाजिक उत्तरदायित्व वहन गर्दै पछि फाइदा हुने काम हात पार्ने मौका छ ।

Ads

सम्बन्धित पोष्टहरू