Ads

सांसद र गाउँपालिका अध्यक्ष चढेको गाडी दुर्घटना


काठमाडौं । बुटवलबाट दाङ जादै गरेको लुम्बिनी प्रदेश सभा सांसद र सुद्धोधन गाउँपालिका अध्यक्ष र उपाध्यक्ष सवार गाडी दुर्घटना भएको छ ।

राष्ट्रियसभा निर्वाचनको लागि मतदान गर्न बुटवलबाट दाङ घोराही जाँदै गरेको गाडि दुर्घटना भएको छ । गाडिमा लुम्बिनी प्रदेशसभा सदस्य तुल्सी चौधरी र सुनिता ठठेरसहित सुद्धोधन गाउँपालिकाका अध्यक्ष किसुनचन्द चौधरी र उपाध्यक्ष शान्तिदेवी ज्ञवाली सवार थिए ।

पुर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत कपिलवस्तुको धानखोला र दाङको भालुबाङको बीचमा पर्ने कालाकाटेमा स्कारपियो र ट्रक ठक्कर खाँदा प्रदेशसभा सदस्य चौधरी र गाउँपालिका उपाध्यक्ष घाइते भएका छन् ।

प्रदेशसभा सदस्य ठठेर र गाउँपालिका अध्यक्ष भने सामान्य रहेको बताइएको छ र

सांसदद्वय र अध्यक्ष उपाध्यक्ष सवार बा २ झ ३४४४ नम्बरको स्कार्पियोलाई सुदूरपश्चिम.०१.००.१११ ख २५८४ नम्बरको ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

घाइते चौधरी र ज्ञवाली पनि प्राथमिक उपचारपछि मतदानको लागि दाङ गएको बताइएको छ ।

Ads

सम्बन्धित पोष्टहरू