Ads

भेरी नदीमा निर्माणधिन बेलिब्रिज भाँचिदा ६ जना घाइते


जाजरकोट । भेरी नदीमा निर्माण भइरहेको बेलिब्रिज पुल भाँचिदा ६ जना घाइते भएका छन् । जाजरकोट–डोल्पा सडक खण्ड अन्तरगत जाजरकोटको तल्लुबगर र रुकुम पश्चिमको आठविसकोट जोड्ने निर्माणाधीन अवस्थाको बेलिब्रजि भाँचिएको हो ।

घटनामा ६ जना घाइते भएको र उनीहरुलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र डल्लीमा ल्याएको र थप बुझ्ने प्रयास भइरहेको जाजरकोट प्रहरीले जनाएको छ ।

प्रत्यक्षदर्शीले केही नदीमा बगेर वेपत्ता भएको बताए पनि त्यसको पुष्टि नभएको प्रहरीले जनाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू