Ads

राष्ट्रियसभा निर्वाचनः माओवादी सांसद र निर्वाचन अधिकृतबीच विवाद


काठमाडौं । रबागमती प्रदेशको राष्ट्रिय सभा निर्वाचनको मतदान स्थलमा फोटो खिच्ने विषयमा विवाद भएको छ ।

मतदान केन्द्रमा माओवादी केन्द्रका सांसद हिमाली गोलेले फोटो खिच्दा विवाद भएको हो । गोलेले फोटो खिच्दा निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले मोबाइल खोसेपछि विवाद भएको एक माओवादी प्रदेश सांसदले बताए । उनले भने,‘विवाद नै भएको होइन । फोटो खिच्ने विषयमा सामान्य भनाभन भएको हो । यो ठूलो विषय नै होइन ।’

बागमति प्रदेशको मतदान हेटौंडा औद्योगित क्षेत्रमा बिहान ९ बजेदेखि सुरु भएको छ । निर्वाचन प्रक्रिया दिउँसो ३ बजेसम्म हुनेछ । ४ बजेपछि मतगणना सुरु गर्ने र ७ बजेभित्र अन्तिम नतिजा सार्वजनिक गर्ने गरी तयारी रहेको प्रदेश निर्वाचन कार्यालय हेटौंडाले जनाएको छ ।

बागमती प्रदेशमा रिक्त रहेको दुई सदस्य पदमा ६ जनाको उम्मेद्वारी छ । सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका कृष्णप्रसाद पौडेल र नेकपा एकीकृत समाजवादीकी गोमा तिमल्सिना चुनावी प्रतिस्पर्धामा रहेका छन् भने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेबाट गोपाल शाक्य र निरकुमारी कुँवर दर्लामीको उम्मेद्वारी रहेको छ ।

यसैगरी, नेपाल मजदुर किसान पार्टी ९नेमकिपा० को तर्फबाट कृष्ण तामाङ र गिता काफ्ले चुनावी मैदानमा छन् ।

निर्वाचनमा बागमती प्रदेशसभा सदस्य १ सय ९ जना र प्रदेश अन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ गरी ३४७ जनाले मतदान गर्न पाउने छन् ।

Ads

सम्बन्धित पोष्टहरू