काठमाडौं । एसिसी प्रिमियर क्रिकेट कपमा नेपालले चौथो विकेट गुमाएको छ। ओमानविरूद्ध खराब सुरूवात गरेको नेपालका लागि भीम सार्की ३३ रन बनाएर पेबेलियन फर्किएका छन्। ५६ बल खेलेका सार्कीले ४ चौका र १ छक्काको मद्दतमा ३३ रन मात्रै बनाएका हुन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा गएको नेपालले ओपनरद्धय कुशल भुर्तेल र आसिफ शेखलाई शून्यमा तथा कप्तान रोहित कुमार पौडेल २३ रनमा आउट भएका थिए ।
प्रतिक्रिया दिनुहोस्