Ads

‘भिक्टोरिया क्रस’ विजेता लिम्बूको निधन, दमकमा अन्त्यष्टी गरिने


झापा । ‘भिक्टोरिया क्रस’ विजेता भिसी क्याप्टेन रामबहादुर बेघा लिम्बूको निधन भएको छ। मेडिसिटी अस्पतालमा उपचारको क्रममा भिसी क्याप्टेन लिम्बुको ८८ वर्षको उमेरमा आज बिहान निधन भएको हो ।झापास्थित बिएण्डसी अस्पतालमा ठीक नभएपछि चिकित्सकको सल्लाह र सुझावमा उनलाई ललितपुर स्थित मेडिसिटी अस्पतालमा ल्याएर उपचार सुरु गरिएको थियो, छोरा मोहन बेघा लिम्बूले भने ।

उनका अनुसार ६ महिना देखी बिरामी परेको भिसी क्याप्टेन लिम्बु पछिल्लो एक महिनामा देखी भने निकै बिरामी भए पछि अस्पतालमा राखेर उपचार गराईदै आईएको थियो । दमक–८ का स्थायी बासिन्दा लिम्बूको मिर्गौला र मुटु सम्बन्धी रोगबाट पीडित थिए । लिम्बूको अन्त्येष्टि दमकमा गरिने परिवारजनले जनाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू