काठमाडौं । एनआइसी एसिया लघुवित्तको वार्षिक साधारण सभा आज आइतबार बसेको छ। साभामा गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई करसहित १४.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुँदैछ ।
यस्तै, संस्थाको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि प्रस्तुत हुने छ । साधारण सभा होटल गजुर, मोटेपुल धरानमा बस्दैछ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि वैशाख १ गतेदेखि बुक क्लोज गरिसकेको छ ।
जसअनुसार कम्पनीमा चैत ३० गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्