काठमाडौँ । २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा आज अन्तिम सेमिफाईनल खेल हुँदैछ ।
पोखरा रंगशालामा दिउँसो साढे २ बजेदेखी हुने सेमिफाइनल खेलमा मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
आज सेमिफाईनल खेलको विजेता टोली र विभागीय टोली नेपाल एपीएफ क्लबबिच फाईनलमा प्रतिस्पर्धा हुनेछ । एपिएफले मछिन्द्रलाई ३–१ गोलअन्तरले पराजित गर्दै १४ बर्ष पछी फाईनलमा पुगेको हो ।
प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छ । यस वर्ष पनि स्वर्गीय सूर्यबहादुर केसीको स्मृतिमा उत्कृष्ट ५ विधाको पुरस्कार प्रदान गरिने छ ।
प्रतिक्रिया दिनुहोस्