Ads

भवन निर्माणका लागी जग्गा खोज्दै मधेस प्रदेश सरकार


काठमाडौँ । मधेस प्रदेश सरकारले आफ्नो प्रशासनिक तथा प्रदेशसभा सचिवालयको भवन निर्माणका लागि जग्गा खोजी कार्य सुरु गरेको छ ।

मधेस प्रदेशले जनकपुरधाम स्थायी राजधानी भएपछि आफ्नो प्रशासनिक र प्रदेशसभा सचिवालय भवन निर्माणका लागि जग्गा खोजी गर्न विज्ञ टोली गठन गर्न लागेको हो । प्रदेश सरकारले अहिले जनकपुर चुरोट कारखाना लिमिटेडको परिसरमा रहेको भवनलाई मर्मत गरी कामकारबाही सञ्चालन गर्दै आएको छ भने प्रदेशसभा सचिवालयको कार्यालय शैक्षिक तालिम केन्द्रको भवनमा सञ्चालन भइरहेको छ ।

प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिलामन्त्री शैलेन्द्रप्रसाद साहका अनुसार यही माघ ३ गते प्रदेशको नाम मधेश प्रदेश र राजधानी जनकपुरधाम पारित भएसँगै भवन र प्रदेशसभा सचिवालयका लागि जग्गाको खोजी सुरु गरिएको हो ।

प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश प्रमुखको कार्यालय र मन्त्रीको आवाससमेत रहेको जनकपुर चुरोट कारखाना परिसरको भवनलाई प्रदेश सरकारले नै ‘मधेस भवन’ नामकरण गरेको छ । प्रदेश सरकारले प्रशासनिक भवन निर्माणका लागि जग्गा खरिद गर्न गत आर्थिक वर्ष २०७६÷७७ मा रु २५ करोड र चालू आर्थिक वर्ष २०७८÷७९ मा रु चार करोड बजेट विनियोजन गरेको छ ।

Ads

सम्बन्धित पोष्टहरू