Ads

बैशाख १६ गते शनिबार, तपाईको दैनिक राशिफल


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज मालसामान हराउन सक्छ । सहकर्मीबाट विरोध आउला । चोटपटकको भय छ, सचेत रहनु होला । साँझमा भने नयाँ कार्यको योजना बन्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज कीर्तिमानी काम गर्ने समय छ । कार्यमा सफलता मिल्ने छ । बन्धु बान्धवबाट सहयोग मिल्ने छ, तर शेयर बजारबाट नोक्सानी बेहोर्नु पर्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज अनावश्यक ठाउँमा धन खर्च होला । यात्रामा मालसामान हराउन सक्छ । मौसम अनुकूल नहुँदा स्वास्थ्यमा बाधा सिर्जना हुनसक्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । शुभकार्यको चर्चा चल्ने छ । ताकेको कार्य पुरा होला । दैनिक कार्यमा प्रगति हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)अनावश्यक यात्रा हुने र कार्य सम्पादनमा समस्या आउला । स्वादिष्ट भोजनमा खर्च बढ्ने छ, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)आज रोकिएको कामको गाँठो फुक्नेछ । विद्याको क्षेत्र सबल रहने छ । मन्दिरको दर्शनले काम सम्पन्न गर्न थप ऊर्जा र उत्साह पनि मिल्ने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । पुरानो समस्या सुल्झाउन सकिनेछ । व्यापारमा वृद्धि हुनुका साथै कार्य लाभका योग पनि देखिन्छन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज विपरीत वर्ग प्रति आकर्षण बढ्ने छ । मनोरञ्जनमा सहभागी भइएला । नयाँ कामको थालनी र लाभदायी सुखद् यात्राको योग पनि छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)साझेदारी, वैदेशिक कार्य र सट्टापट्टामा विशेष लाभ मिल्ने छ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ । घरमा अतिथिको आगमन हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)आज धार्मिक यात्राको योग छ । नयाँ कार्यको योजना बन्ने छ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । प्रेममा मधुरता छाउने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)बौद्धिक काममा सफलता मिल्ने छ । कला र गलाको प्रभाव बढ्ने छ । कुनै कुराले आत्मिक सन्तुष्टि मिल्ने छ, तर स्वास्थ्य प्रति सजग रहनु होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)आज ज्ञान सिक्ने मौका मिल्ने छ । वैदेशिक कार्य अघि बढ्नेछ । काम गर्ने जोश, जाँगर र उमंग बढ्ने छ । चिताएको कामले पनि तीव्रता लिनेछ ।

Ads

सम्बन्धित पोष्टहरू