काठमाडौं । एसिसी प्रिमियर कपमा नेपाल र कुवेतबीचको पहिलो सेमिफाइनल खेल वर्षाको कारण रोकिन पुगेको छ । त्रिभुवन बिश्वबिद्यालयको खेल मैदानमा पानी परेका कारण नेपाल–कुबेतबिचको जारी खेल अबरुद्ध हुन पुगेको हो ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २२.३ ओभरमा ३ वटा विकेट गुमाउँदै १ सय ४१ रन बनाइरहेको बेला खेल मैदानमा पानी परेको हो ।
सुरूवातीमा बिषफाेटक ब्याटिग गरे पनि लगालग तीन विकेट गुमाए पछि नेपाल दबाबमा परेकाे थियाे । खेल पुन सुरु नभई रोकिन पुगेको खण्डमा नेपाल स्वतः सेमिफाइनलमा पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस्