Ads

गृहमन्त्री श्रेष्ठद्वारा जनकपुरमा मिटरब्याज सम्बन्धी जाँचबुझ कार्यालयको उद्घाटन


काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जनकपुरमा स्थापित मिटरब्याज सम्बन्धी जाँचबुझ आयोगको कार्यालय उद्घाटन गरेका छन् । अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगको जनकपुरधाममा स्थापित कार्यालयको गृहमन्त्री श्रेष्ठले आज उद्घाटन गरेका हुन् ।

धनुषा जिल्ला हुलाक कार्यालयको निर्मित भवनमा स्थापना गरिएको आयोगको कार्यालयको एक समारोहबीच उनले उद्घाटन गरे । मधेसमा गरिब विपन्न तथा सर्वसारधारणहरु मिटरब्जायी साहुको आतङ्कमा परेपछि पैदल हिडेर काठामाडौं गएर कठोर रूपमा आन्दोलन गरेपछि सरकारले तीन सदस्यीय आयोग गठन गरेको थियो ।

आयोगको अध्यक्षमा पूर्व न्यायाधीश गौरीबहादुर कार्की र सदस्यहरूमा पूर्व एआईजी उत्तमराज सुवेदी र पूर्व नायब महान्यायाधिवक्ता गणेशबहादुर अर्याल रहेका छन् ।

मिटरब्याजसम्बन्धी समस्या समाधान गर्न सरकारले गठन गरेको जाँचबुझ आयोगले पीडितहरूसँग उजुरी आह्वान पनि आव्हान गरिसकेको छ । पीडितहरू ७७ जिल्लाकै जिल्ला प्रशासन कार्यालयबाट उजुरी गर्न सक्नेछ । आयोगले उजुरी दिन १७ देखि ३१ वैशाखसम्म समय तोकेको छ ।

Ads

सम्बन्धित पोष्टहरू