Ads

उपत्यकाका तीनवटै प्रजिअको बैठक आज, जारी निर्देशनबारे छलफल


काठमाडौँ । स्मार्ट लकडाउनको प्रभावकारिता बारे समीक्षा गर्न उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक आज(शुक्रकार) बस्ने भएको छ ।

कोरोनाको जोखिम बढेसंगै संक्रमण रोकथामका लागी काठमाडौं उपत्यकामा स्मार्ट लकडाउन जारी गरिएको थियो । आज उक्त लकडाउनको समीक्षा गर्न उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयको संयुक्त बैठक अपरान्ह बस्न लागिएको हो ।
यसअघि माघ ६ गते बसेको तीनवटै प्रजिअको बैठकबाट जारी भएको निर्देशनका बारेमा समिक्षा गरेर अब कुन निर्देशनलाई निरन्तरता दिने भन्ने विषयमा छलफल गर्ने बताइएको छ ।

सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली प्रभावकारी नभएको गुनासो आएपछि आज बैठक बस्ने भएको छ । जोरविजोर प्रणालीले सवारी साधनमा अझ बढी भीडभाड हुँदा जोखिमसमेत बढेको यातायात व्यवसायीबाट गुनासो आएको हो ।

Ads

सम्बन्धित पोष्टहरू