Ads

वैशाख २० गते बुधवार, तपाईको दैनिक राशिफल


मेष  (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  मानसम्मान प्राप्त हुने योग हुनाका साथै आम्दानीको बाटो खुल्नेछ । तपाईको आजको दिन सन्तोषजनक छ । साथीभाइबीच भरपूर समन्वय हुनेछ ।

वृष  (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)  उन्नति प्रगतिको योग छ । सामाजिक क्षेत्रमा सहयोग मिल्नुका साथै विवाह गरेकाहरुको दाम्पत्य जीवन सुखमय हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)  सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ परिवारको भरपूर सहयोग हुनेछ । प्रतिस्पर्धी सक्रिय भएकाले सचेत हुनुहोला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आम्दानी र खर्च बराबर छ । स्वास्थ्यमा ख्याल गर्नुहोला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)  दिन राम्रो भएकाले परिवारिक सुख हुनेछ। केही आफन्तसँग भने सतर्क रहेर अगाडि बढ्नुपर्नेछ। रोग भए अलि सन्चो हुनेछ। श्रमको उचित मूल्याङ्कन हुनेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)   आज आफन्तको प्रगतिमा मन रमाउनेछ । विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ । आर्थिक क्षेत्रमा सोचेजस्तै लाभ लिन सकिएला । अधुरा कामहरु पूरा हुने योग छ । लगानी गरेको भए उत्साह मिल्नेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) पारिवारिक सुखको योग छ । अध्ययन–अध्यापनमा मन जाँदैन । स्वास्थ्यमा समस्या देखिन्छ । आज लाभदायक यात्रा रहनेछ । लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको समय छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज बन्धु बान्धवबाट सहयोग मिल्नेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । बोल्दा सचेत हुनुपर्ने देखिन्छ । परिवार सुख प्राप्त हुनेछ। राजनीतिमा राम्रो हुनेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)  भाग्य उदयको दिन भए पनि खर्च बढ्ने योग छ । स्वास्थ्यमा केही समस्याचलाखीपूर्ण बलिको प्रभावले आँटेको काम हुनेछ । जोशजाँगर र हिम्मत बढ्नेछ

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)  नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । रचनात्मक कार्यबाट अरूको मन जित्न सकिनेछ । प्रेममा सफलता पाइनेछ । अधुरा काम बन्ने योग छ । चिन्ता हट्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)  बोलीमा मिठास हुने भएकाले काममा सफलता हुनेछ । सोचेका काम अधुरा रहनेछन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आफ्नै बोलीको फन्दामा पर्ने सम्भावना छ। सचेत हुनु होला । आफन्तको सहयोग मिल्नुका साथै विद्याको क्षेत्रमा सफलता मिल्नेछ ।

Ads

सम्बन्धित पोष्टहरू