काठमाडौँ । न्याय सेवा आयोगको बैठक आज(शुक्रबार) का लागी बोलाइएको छ । आज दिउँसो २ बजेका लागि बोलाइएको बैठकमा कानुन, न्याय तथा अदालतका विषयमा छलफल हुने बताईएको हो ।
आयोगमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, महान्यायाधिवक्ता खम्मबहादुर खाती र लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मी सदस्य रहेका छन् ।
कोरोना संक्रमण र प्रधानन्यायाधीश राणाविरुद्धको आन्दोलनका कारण लामो समयदेखि न्याय सेवाको बैठक बस्न सकेको थिएन ।
कानुनमन्त्री बडु कोरोना संक्रमणका कारण आइसोलेसनमा बसेका छन् ।
प्रतिक्रिया दिनुहोस्