Ads

हिमपहिरोमा परेका तीनजनाको शव भेटियो


दार्चुला । दार्चुलाको व्यास गाउँपालिका–१ मा हिमपहिरोमा परेका तीनजनाको शव फेला परेको छ भने दुईजनाको खोजीकार्य भइरहेको छ ।

मंगलबारदेखि यार्सा टिप्न जाने क्रममा हिमपहिरोमा परेर सम्पर्कविहीन भएका पाँच जनामध्ये दुई महिला र एक पुरुषको शव फेला परेको उद्धारकार्यमा खटिएका सुरक्षाकर्मीले जानकारी दिएका छन् । सातजनाको उद्धार हुँदा पाँचना सम्पर्कविहीन भएका थिए ।  उनीहरुमध्ये तीनजनाको शव फेला परेको हो ।

Ads

सम्बन्धित पोष्टहरू