काठमाडौं । कोभिड–१९ को संक्रमण नियन्त्रणबारे छलफल गर्न काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दै छ । शुक्रवार मध्यान्ह जिल्ला प्रशासन कार्यालय काठमाडौंमा लिलितपुर ,भक्तपुर र काडमाडौं जिल्लाका प्रजिअहरुको बैठक बस्ने भएको छ।
काठमाडौं उपत्यकामा माघ ७ गतेबाट सार्वजनिक र निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । यसको आलोचना हुदै आएको छ । शुक्रबार बस्ने बैठकले जोरबिजोर प्रणालीलाई थप व्यवस्थित बनाउने बारे छलफल गरेर निर्णय लिने बताइको छ ।
शनिवार नेपाल र मौरिसस बीचको फुटबल हुँदैछ । सो प्रतियोगितामा दर्शक पनि उपस्थित गराउने गरी अनुमति दिन अखिल नेपाल फुटबल संघले स्थानीय प्रशासनलाई आग्रह गरेकाले प्रजिअ हरुको बैठक बस्न थालेको हो ।
विद्यालय सञ्चालनको अनुमति दिनका लागि स्कुलहरुले स्थानीय प्रशासनलाई दबाव दिएका छन् । रात्रिकालीन व्यवसाय गर्नेहरुले पनि व्यवसाय सञ्चालनको अनुमति दिन स्थानीय प्रशासनलाई आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्