काठमाडौँ । आइसिसी विश्वकप टी–२० ग्लोबल छनोट अन्तर्गत नेपाल समूह ‘ए’ मा परेको छ । ‘ए’ अन्तर्गतको उद्घाटन खेलमा नेपाल आयोजक राष्ट्र ओमानसँग खेल्ने भएको छ ।
आज(शुक्रबार) अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले टी–२० ग्लोबल छनोटको खेल तालिका सार्वजनिक गर्दै नेपाल र ओमनबीच उद्घाटन खेल हुने बताएको हो ।
नेपालको समूहमा ओमान, बहराइन, क्यानडा, जमर्नी, आयरल्यान्ड, फिलिपिन्स र संयुक्त अरब इमिरेट्स (युएई) रहेका छन् । आठ टोलीलाई पनि दुई समूहमा विभाजन गरिएको छ । समूह एकमा नेपाल, ओमन, क्यानडा, र फिलिपिन्स छन् भने समूह दुईमा आयरल्यान्ड, युएई, बहराइन र जमर्नी रहेका छन् । ओमनमा नै आयोजना हुने उद्घाटन खेल आगामी फागुन ६ गते हुनेछ । यस खेलमा फाइनल पुग्ने दुइ टोलीले आगामी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टी२० विश्वकपमा स्थान बनाउने छन् ।
नेपाले प्रतिष्पर्धा गने राष्ट्रहरु
नेपाल vs ओमन फागुन ६ गते
नेपाल vs फिलिपिन्स फागुन ७ गते
नेपाल vs क्यानडा फागुन ९ गते
नेपालले विश्व छनोटअघि चार देशसम्मितिल टी–२० सिरिज खेल्नेछ । ओमानमा हुने सिरिजमा नेपालसहित युएई, आयरल्यान्ड र घरेलु टिमबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्