Ads

खोप अभियानको एक वर्ष : लक्षितमध्ये ७० प्रतिशतलाई पुर्णमात्रा खोप


काठमाडौँ । नेपालमा कोरोनाभाइरसविरुद्धको खोप अभियान संचालन भएको आज(शुक्रबार) एक वर्ष पूरा भएको छ । अंग्रपंक्तिमा रहेर काम गर्नेहरुका लागी खोप लगाएर खोप अभियानको सुरुवात गरिएको थियो ।

अभियानको एक वर्ष पूरा हुँदा तीन करोडभन्दा बढी डोज खोप लगाइसकेको स्वास्थ्य मन्त्रालयले बताएको छ । मन्त्रालयका अनुसार १८ वर्ष माथिको लक्षित जनसंख्यामध्ये ७० प्रतिशतले पुर्णमात्रा र ८३ प्रतिशतले पहिलोमात्रा खोप लगाइसकेका छन् । १२ वर्ष देखी १७ वर्ष सम्मका उमेर समुहमा १८ लाख ७२ हजार ६ सय ७० जना बालबालिकाले पहिलो मात्रा र ३ लाख ५८ हजार २ सय ९८ जना बालबालिकाले पुर्णमात्रा खोप लगाएका छन् ।

खोप लगाउन बाँकी रहेका उमेर समूहलाई पनि लक्षित गरि खोपको व्यवस्था गर्ने तयारीमा रहेको मन्त्रालयले जानकारी दिएको छ ।

महामारीको समयमा खोप कार्यक्रममा सहयोग गर्ने सम्पुर्ण निकायहरु, स्वास्थ्यकर्मी, कर्मचारी, संचारमाध्यम र सर्वसाधरणहरुलाई मन्त्रालयले धन्यवाद व्यक्त गर्दै थप सहयोगको अपेक्षा समेत गरेको छ ।

Ads

सम्बन्धित पोष्टहरू