काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुसंग बैठक बसेका छन् ।
आफूहरुले नेतृत्व गरिरहेका मन्त्रालयबाट हुने कामलाई कत्तिको प्रभावकारी र जनमुखी बनाउन सकियो भन्ने विषयमा छलफल भएको बताइएको छ ।
सरकार सञ्चालन संयन्त्रको बैठकका रुपमा सिंहदरवारस्थित प्रचण्डकै कार्यकक्षमा मन्त्रीहरुसँग छलफल भइरहेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लाले जानकारी दिए ।
बैठकमा पार्टीको तर्फबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरु र राज्यमन्त्रीहरु छन् ।
अध्यक्ष प्रचण्डले सरकारको कामलाई प्रभावकारी बनाउन र आफुले नेतृत्व गरेका मन्त्रालयबाट जनसेवाका कामलाई अझ बढी जनमुखी बनाउने विषयमा रिपोर्ट सुन्ने र दिशा निर्देश गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्