मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)खुट्टा तान्नेहरु सक्रिय होलान् । विवेक प्रयोग गर्नुपर्ने देखिन्छ। बौद्धिक क्षेत्रमा स्थान उच्च छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)खानपानमा ख्याल गर्नुपर्ने देखिन्छ। झुटा आरोप पनि लाग्न सक्छ। अनावश्यक खर्च बढ्नसक्ने योग छ । राजनीतिक क्षेत्र सफल हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आर्थिक कारोबार मध्यम हुनेछ । स्वास्थ्यमा ख्याल गर्नुपर्नेछ । लगानी र श्रम अनुसारको परिणाम हुने देखिन्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) दाम्पत्य जीवन संघर्षपूर्ण हुनेछ। योजनामा अवरोध हुनसक्छ । प्रतिवाद गरेर अगाडि बढेमा मात्र सफलता मिल्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मनमा शान्ति बढ्नेछ। प्रेममा सफलता मिल्ने देखिन्छ। शिक्षा क्षेत्रमा राम्रो प्रगति हुने देखिन्छ। दिन राम्रो छ। पुरानो रोगबाट मुक्त भइनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)शिक्षामा क्षेत्रका व्यक्तिलाई उन्नति हुने देखिन्छ। सोचेर मात्र बोल्नु राम्रो हुन्छ। पुरानो रोगले छोड्दै जानेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) साथीबाट सहयोग मिल्नेछ। दाम्पत्य जीवन सुखमय देखिन्छ। रोगले छोड्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)न रोगसँग लड्न खानपानमा विशेष ख्याल गर्नुपर्नेछ । स्वास्थ्यमा सुधारको योग छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)सम्पत्ति आर्जनमा राम्रै दिन छ । शिक्षामा गरेको लगानी उठ्नेछ। सोचेको कामलाई निरन्तरता दिनु राम्रो हुनेछ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)असफल भए पनि प्रयास निरन्तर गर्नुपर्ने देखिन्छ। आफूले गरेको संघर्षबाट आफन्तले लाभ लिनसक्छन्। कुनै पनि क्षेत्रमा लगानीले फाइदा गर्नेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सामान्यतः दिन राम्रै छ । साथीभाइ टाढिने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्ने देखिन्छ। सोचेर बोल्नुपर्ने देखिन्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) माया–प्रेममा खटपट हुने योग छ । धनसम्पत्ति आर्जन होला । साथीभाइ तथा आफन्तबाट सहयोग हुनेछ ।
प्रतिक्रिया दिनुहोस्