Ads

बढि खर्च गर्ने प्रदेशलाई बढि बजेट दिने अर्थमन्त्रीको आश्वासन


काठमाडौं ।
अर्थ मन्त्री जनार्दन शार्माले बढि बजेटको अर्च अनुसार प्रदेशहरुलाई संघमार्फत दिने बजेटको सिमा तय गरिने बताउनुभएको छ । प्रदेशका संघीय आर्थिक मामिला तथा योजना मन्त्रीहरुसंगको छलफलमा मन्त्री शर्माले प्रदेशहरुमा खर्च हुने बजेटको अवस्था हेरेर संघले सोही अनुसार थप बजेटको व्यवस्था गर्ने बताउनुभएको हो । उँहाले प्रदेशमा हुने विकास निर्माण, सेवा प्रवाह लगाएतका कामलाई सुशासन मैत्री र पारदर्शी बनाउँदै विकास खर्च बढाउन प्रदेशहरुलाई अनुरोध गर्नुभयो ।
संघ, प्रदेश र स्थानीयतह ९समन्वय र अन्तरसम्बन्ध० ऐन, २०७७ दफा ९२२० अन्तर्गत गठित अर्थ विषयगत समितिको पहिलो बैठकमा सातै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीको सहभागिता थियो ।
बैठकमा नीति र कर्मचारीको अभाव, योजनामा दोहोरोपन, विस्तृत अध्ययनबिनाका योजना, संघ र प्रदेशबीचको अविश्वास, स्रोत साधनमा अधिकारको कमीलगायतका समस्याका कारण बजेट कार्यान्वयन गर्न नसकिएको मन्त्रीहरुले गुनासो गरेका छन् ।
छलफलमा मन्त्री शर्माले जनतालाई सबभन्दा बढी सेवा दिने सरकार ‘राम्रो’ र सबभन्दा बढी खर्च गर्ने सरकारलाई बढी बजेटको व्यवस्था गर्ने आश्वासनसमेत दिएका छन् ।
कोभिड महामारीमा स्थानीय र प्रदेश सरकारले बढी काम गरेको उल्लेख गर्दै मन्त्री शर्माले एकअर्काले असल कामको सिको गर्नुपर्ने बताए ।

Ads

सम्बन्धित पोष्टहरू