Ads

बैशाख २४ गते आईतबार, तपाईको दैनिक राशिफल


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) रमाइलो परिस्थितिका बीच पनि सानो चिन्ताले मन पिरोलिन सक्छ। ठूलो अवसर प्राप्त भए पनि आफ्नो कमजोरी उद्घाटित हुने डरले सताउनेछ। तर, पेटको समस्याले सताउन सक्छ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई भने फाइदा हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नियमित काममा जुट्दाजुट्दै पनि केही कमजोरी देखा पर्नेछन्। परिबन्धले समस्या निम्त्याउने हुँदा योजना गोप्य राखेर अघि बढ्नुहोला। मौका पर्खंदा स्थितिमा सुधार आउनेछ। मिहिनेतले आँटेको काम बन्नेछ। प्रतिद्वन्द्वीहरूलाई व्यवहारले समेट्ने प्रयास गर्नुहोला।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) विगतको श्रमबाट फाइदा उठाउने समय छ। आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापार बढाउने समय छ। साझेदारीमा पनि राम्रो फाइदा हुनेछ। चिताएको काम बन्नेछ भने अवसरले राम्रै लाभ दिलाउनेछ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। अरूको करकापमा विशेष निर्णय लिनुपर्ने परिस्थिति आउन सक्छ। छर–छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुपर्ला। आकस्मिक खर्च बढ्नुका साथै अर्थ अभाव देखापर्न सक्छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर जुट्नेछ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। व्यापार–व्यवसायमा विशेष फाइदा होला। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)परिबन्धले चुनौती निम्त्याउन सक्छ। तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ। उपलब्धिको स्रोत भने पहिल्याउन सकिनेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)परिस्थितिवश चिताएको काम रोकिन सक्छ। तापनि प्रयत्न गर्दा भविष्यका लागि कर्मसञ्चय गर्ने समय छ।  मिहिनेतको प्रतिफल प्राप्त हुनेछ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुपर्ला।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ।  चुनौती चिर्दै काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा मनग्गे फाइदा हुनेछ। पहिले ईर्ष्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन्।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)लोकाचारका लागि भोगविलासका अनावश्यक वस्तु जुटाउनुपर्ला। अर्थअभावले सताउन सक्छ। मानसम्मान प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्नेछ। परिवारजन तथा आफन्तबीच आत्मीयतामा कमी आउने समय छ। वादविवादले घर-गृहस्थीमा समस्या निम्त्याउने देखिन्छ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)हल्लामा विश्वास गर्नाले समस्या आउला। फाइदा लिन केही समय प्रतीक्षा गर्नुपर्ला। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। अरूको फाइदाका लागि उपयोग भइनेछ भने आफ्ना लागि परिस्थिति प्रतिकूल रहनेछ। हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)सुखद समाचारले मनको डर उत्साहमा रूपान्तरण हुनेछ। अप्ठ्यारा परिस्थिति सुल्झाउन केही समय जुट्नुपर्ला। अध्ययनमा समय दिन नसकिए पनि बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउन सक्छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) काममा मिहिनेतको फल प्राप्त हुनेछ। व्यापारमा पनि मनग्गे धनलाभ हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ। रचनात्मक काममा जुट्ने समय छ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ।

Ads

सम्बन्धित पोष्टहरू