Ads

सन्दीप लामिछानेविरुद्ध अर्को निवेदन दर्ता


काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध अर्को निवेदन दर्ता भएको छ । गत भदौ २१ गते आफूमाथि बलात्कार भएको भन्दै महानगरीय प्रहरी बृत्त गौशालामा जाहेरी दिएकी किशोरी गौशाला २६ (परिवर्तित नाम)ले अन्तरिम क्षतिपूर्ति माग गर्दै अर्को निवेदन दर्ता गराएकी हुन् ।

जाहेरवालीबाट अर्को निवेदन परेपछि उनको आजको लागि काठमाडौं जिल्ला अदालतमा तोकिएको पेशी स्थगित भएको छ । सर्वोच्चको दैनिक कार्यसूची अनुसार सन्दीपको मुद्दा आज न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा परेको थियो । तर, अब मुख्य मुद्दाको ठाउँमा क्षतिपूर्तिको निवेदनलाई प्राथमिकतामा राखिएको छ । यसप्रति सन्दीपका वकिलले असन्तुष्टि जनाएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू