Ads

बागमति नदि किनारका अवैध संरचना हटाउन अल्टिमेटम


काठमाडौं । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले काठमाडौं उपत्यकाभित्रको बागमती नदी किनारमा निर्माण गरिएका अवैध संरचना हटाउन भनिएको छ ।

सहरी विकास मन्त्रालयमातहत रहेको समितिले शनिबार एक सूचना सार्वजनिक गरी नदी किनाराको दुवैतर्फ गुह्येश्वरीदेखि थापाथलीसम्मको क्षेत्रमा बनेका अनधिकृत अस्थायी तथा स्थायी संरचना हटाउन तथा खाली गर्न भनेको छ।

समितिले संरचना सूचना सार्वजनिक भएको ३ दिनभित्रै हटाउन सुरु गरिसक्नुपर्ने र सात दिनभित्र अर्थात् २१ माघभित्र खाली गरिसक्नुपर्ने समितिले जनाएको छ । यस्ता संरचना हटाउन सात दिनको समय दिएको छ । यस्ता यो अवधिमा सम्बन्धित व्यक्तिले नहटाए समितिले नै संरचना भत्काउने सूचनामा उल्लेख छ ।

समितिले आफैंले भत्काउनुपरेमा त्यसमा लाग्ने खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट असुलिने पनि सूचनामा जनाइएको छ । त्यस्तो खर्च सरकारी बाँकीसरह असुल उपर गरिने समितिले जनाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू