Ads

निर्वाचन सम्वन्धि निर्णय गर्न सत्ता गठबन्धनको बैठक ४ बजे पुनः बस्ने


काठमाडौं । सत्तारुढ गठबन्धनको बैठकमा स्थानीय तहको निर्वाचनका विषयमा सहमति हुन सकेन । बैठकमा सहमति नजुटेपछि अपरान्ह चार बजे पुनः बस्ने गरी बैठक सकिएको बताइएको छ ।

शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठक स्थानीय तहको निर्वाचनको मिति तय गर्नेबारे केन्द्रित रहेको बताइएको छ । अनौपचारिक जानकारी अनुसार अपरान्ह ४ बजे बस्ने बैठकले त्यस सम्बन्धमा आवश्यक निर्णय गर्नेछ ।

स्थानीय तहको निर्वाचन मात्र नभई तीन वटै तहको निर्वाचन एकैपटक गर्ने विषयमा पनि सत्तारुढ दलहरुबीच छलफल भईरहेको छ । निर्वाचन आयोगले भने दुई पटक बैशाखमै निर्वाचन गर्नु पर्ने भन्दै सरकारको ध्यानकर्षर्ण गराएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको माग पनि बैशाखमा स्थानीय तहको निर्वाचन हुनु पर्छ भन्नेछ ।

Ads

सम्बन्धित पोष्टहरू