काठमाडौँ । आहा–रारा गोल्डकप फुटबलको फाइनल खेलमा विभागीय टिम एपीएफले जित निकालेको छ । १४ वर्ष पछि फाइनलमा पुगेको एपीएफले मनाङ मर्स्याङ्दी क्लबलाई हराउँदै २०औं आहा रारा गोल्डकपको उपाधि जितेको हो ।
६ पटक सम्म उपाधि जितिसकेको मनाङलाई टाईब्रेकरमा ५–४ गोल अन्तरले हराएर एपीएफले पहिलो पटक उपाधि हात पारेको छ ।
आज(शनिबार) पोखरा रंगशालामा निर्धारित र अतिरिक्त समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि टाईब्रेकरका आधारमा निर्णय गरिएको थियो ।
उपाधि सहित एपीएफले १० लाख रुपैयाँ प्राप्त गरेको छ भने मनाङले ५ लाख रुपैयाँ पाएको छ ।
प्रतिक्रिया दिनुहोस्