काठमाडौं । २०८० साल जेठ १ गते सोमवार । आज ज्योतिष शास्त्रमा चन्द्रमाअनुसार दैनिक फलादेश हुने ज्योतिषविद्ले जनाएका छन् । चन्द्रमाअनुसार उनीहरूको दैनिकीका विषयमा भविष्यवाणी गरिन्छ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)व्यापार-व्यवसायमा लगानी बढाई आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । भौतिक सम्पति तथा मानव निर्मित वस्तुहरु प्राप्तिको गतिलो योग छ । लामो समयदेखि भेट नभएका मित्रसँग भेट हुनेछ । माया प्रेममा आत्मियताको बढोत्तरि हुनेछ भने रमाईलो यात्राको तय हुनेछ । पढाई लेखाईमा सफलता हात लाग्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)सानातिना काममा समय व्यतित हुँदा महत्वपुर्ण कामहरु बाँकी रहनेछन् । विवाद तथा प्रतिष्पर्धामा सामेल नहुनु होला । समय मध्ययम रहेको छ । काम गर्दा ख्याल गर्नुहोला । काम बिग्रने तथा आलोचना गर्नेहरु प्रशस्त भेटिनेछन् । प्रेममा एकअर्कालाई बिश्वास गर्न नसक्दा टाढिनु पर्ने बाध्यता आउन सक्छ । पढाई लेखाईमा समय दिएपनि भनेजस्तो परिणाम हुने छैन ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)पढाई .लेखाईमा ध्यान जानेछ । शिक्षासँग सम्बन्धित व्यापार व्यवसायमा हात हाले सफलता ह’ने देखिन्छ । छोराछोरीको काममा बाब’आमा संत’ष्ट हुने योग छ । सेयर बजारमा लगानी गरेर आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । दिन सामान्य छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)समाजसेवामा समय व्यतित हुनेछ । कृषि तथा पशुपालनमा गरिएको लगानीबाट मनग्गे आम्दानी हुनेछ । अध्ययन तथा अनुसन्धानबाट सकारात्मक नतिजा हात लाग्नेछ । कसैले आफन्तसँग अलग्गिएर लामो यात्रा गर्नु पर्दा मनमा खिन्नता पैदा हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)व्यवसायमा लगानी गरेपनि आम्दानी थोरै हुँने हुँदा दैनिक गुजारा गर्न गाह्रो हुनेछ । मायाप्रेममा धोका हुनेछ भने परिवारमा झै झगडा हुँने सम्भावना अधिक रहेको छ । स्वास्थ्य समस्याले सताउनेछ । बिद्यामा अरु भन्दा पछि परिने हुँदा मन खिन्न हुनेछ । समयमा काम नबन्ने हुँदा मनमा निरासा पैदा हुनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)अध्ययनमा मन बढ्नेछ भने उल्लेख्य सफलता प्राप्त हुनेछन् । आफन्त तथा परिवारको साथ रहने हुँदा उपलब्धिमुलक कामहरु समयमा नै सम्पन्न हुनेछन् । होटल तथा रेष्टुरेन्ट व्यवसायमा समय खर्चिनेहरुले प्रशस्त नाफा कमाउन सक्नेछन् । बोलीको प्रभाव बढ्ने छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । विपरित वर्गबाट विशेष सहयोग मिल्ने छ । जोश, जाँगर र हिम्मत बढ्ने छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)पढाईलेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । अरुलाई दिएको आश्वासन पुरा नसकिने तथा सामाजिक कामहरु समयमा सम्पन्न नहुँदा मान सम्मानमा दाग लाग्न सक्छ । दैनिक खर्च बढेर जानेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)आम्दानी नहुने हुनाले दैनिक गुजारा चलाउन हम्मेहम्मे पर्नेछ । आफ्ना कमजोरी भरसक लुकाउने प्रयास गर्नुहोला, अरुले आलोचना गर्न सक्छन् । मान तथा सम्मानमा दाग लाग्न सक्छ काम गर्दा ध्यान दिनुहोला ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) व्यवसायमा लगानी बढाएर प्रशस्त आम्दानी गर्न सकिनेछ । पढाई लेखाइमा राम्रो प्रगति गरेर नाम कमाउन सकिनेछ । शिक्षा क्षेत्रको लगानीबाट भनेजस्तो आम्दानी हुनेछ । भौतिक सम्पति तथा सवारीसाधनको प्रयोग तथा परिचालनमार्फत नयाँ काम गर्न सकिनेछ । दाजुभाईको सहयोग हुने हुँदा मन प्रशन्न रहनेछ ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)मान सम्मान तथा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ । काम गर्दा ख्याल गर्नुहोला । सरकारी सेवामा झन्झटिला प्रक्रिया अवलम्बन गर्नुपर्दा मानसिक तनाब बढ्नेछ । राज्यबाट गलत आक्षेपहरु लाग्न सक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) लामो दूरीको शैक्षिक तथा धार्मिक यात्रा हुने प्रशस्त सम्भावना रहेको छ । सामाजिक कामहरु गर्न सकिने हुनाले मान मर्यादामा बृद्धि हुनेछ । सामाजिक उत्तरदायित्वमा बहन गर्नुपर्ने समय रहेको छ । व्यापार व्यवसायमा सोचेजस्तै नाफा कमाउन सकिनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)समय मध्ययम रहेकोले कुनै व्यापार व्यवसायमा लगानी गर्न केही दिन कुर्नुहोला । आर्थिक व्यवस्थापनका लागि गरिने कामहरु अन्तिम निष्कर्षमा नपुगि बिचमै अवरुद्ध हुन सक्छन् , ध्यान दिनुहोला । हरेक क्षेत्रमा अवसरवादी हुनाले कामहरु समयमा सम्पन्न हुँदैनन् ।
प्रतिक्रिया दिनुहोस्