काठमाडाैं । बुधबार मौसम खराब हुँदा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु प्रभावित भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार मौसम खराबीका कारण केही आन्तरिक उडान
रद्द भएका छन् । दुई अन्तर्राष्ट्रिय उडानका जहाज ‘होल्ड’ भएका छन् भने दुई अन्तर्राष्ट्रिय उडानका जहाज ‘डाइबर्ट’ (फिर्ता) भए । कतार एयरवेज काठमाडौंको आकाशमाथि एक घण्टा होल्ड भएको थियो।
प्रतिक्रिया दिनुहोस्