Ads

काठमाडौँ महानगरमा बुस्टर डोज दिदै


काठमाडौँ । कोरोना संक्रमणको जोखिम बढिरहेका बेला सरकारले कोरोनाविरुद्धको खोप कार्यक्रमलाई तिव्रता दिएको छ । काठमाडौं महानगरपालिकाले कोरोना भाइरसविरुद्धको थप मात्रा (बुस्टर डोज) खोप दिने भएको हो ।

महानगरभित्र ६० वर्षभन्दा माथीका उमेर समूहलाई सोमबार र मंगलबार बुस्टर खोप दिन लागेको स्वास्थ्य विभागले जानकारी दिएको छ । महानगरका ३२ वटै वडामा कोभिसिल्डको बुस्टर खोप दिन लागेको विभागले बताएको हो । विभागका अनुसार ६० वर्षमाथि उमेर समूहकाले खोपकार्डसँगै उमेर खुल्ने परिचयपत्र र अग्रपंक्तिमा काम गर्नेहरुले पनि परिचयपत्र तथा खोपकार्ड लिएर वडास्तरीय खोप समन्वय समितिले तोकेका खोप केन्द्र र स्वास्थ्य कार्यालयले तोकेका अस्पतालहरुमा जानुपर्ने छ ।

खोप कार्यक्रम बिहान १० बजेदेखि अपराहन्न ४ बजेसम्म सञ्चालन हुने बताइएको छ ।

Ads

सम्बन्धित पोष्टहरू