काठमाडौँ । स्थानीय तहको निर्वाचनको मिति तत्काल घोषणा गर्न मानवअधिकार एलाइन्सले माग गरेको छ ।
एलाइन्सले आज(आइतबार) विज्ञप्ती जारी गर्दै स्थानीय तहहरुमा प्रतिनिधिहरु रिक्त नहुने गरि ऐन सम्मत निर्वाचनको मिति तय गर्न माग गरेको हो ।
एलाइन्सका अध्यक्ष मीनवहादुर शाहीले नागरिकहरुलाई स्थानिय सरकारको निरन्तरता दिन राखिएको सुव्यवस्थित आधारहरुको अपव्याख्या गरि निर्वाचनको मिति सार्ने काम हुनु संविधान सम्मत नभएको बताएका छन् ।
संविधानको मर्म विपरित निवार्चनलाई पर सार्नु भनेको मानवअधिकार विरुद्धको कार्य भएको बताउदै स्थानीय तह एक दिन पनि जनप्रतिनिधि विहिन नहुने गरि समयमै निर्वाचन गर्नका लागी निर्वाचनको मिति अविलम्ब घोषणा गर्न एलाइन्सले सरकारलाई आग्रह गरेको हो ।
प्रतिक्रिया दिनुहोस्