काठमाडौं । साताको अन्तिम कारोबारका दिन शुक्रबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा पाँच सय रुपैयाँले घटेर प्रतितोला एक लाख नौ हजार दुई सय रुपैयाँ कायम भएको छ ।
यस्तै प्रतितोला एक लाख नौ हजार दुई सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज एक लाख आठ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, आज चाँदी एक हजार तीन सय ७० रुपैयाँमा काराेबार भइरहेकाे छ ।
प्रतिक्रिया दिनुहोस्