Ads

कुनै पनि बाहनामा निर्वाचन नसार : नेपाल बार


काठमाडौँ । नेपाल बार एशोसिएशनले स्थानीय तहको निर्वाचन समयमै गर्न आग्रह गरेको छ । आज(आइतबार) एक विज्ञप्ती जारी गर्दै बारले कुनै पनि बाहनामा निर्वाचन सार्न नहुने बताएको हो ।

‘कुनै आग्रह, पूर्वाग्रह, अनुकूलता, प्रतिकूलतालाई विचार गरेर निर्वाचन गर्ने नगर्ने भन्ने विषय हुन सक्दैन । कुनैपनि बहानामा निर्वाचन नगरी वा पर सारी स्थानीय तहलाई रिक्त बनाउने कुरा संविधान र कानून विपरित मात्र नभई लोकतन्त्र र विधिको शासनको समेत उपहास हुन जान्छ ।’ जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

मताधिकारको आधारमा आवधिक निर्वाचनबाट नै लोकतन्त्रको रक्षा र सम्वर्द्धन गर्नेमा दुई मत हुन नहुने बारको भनाई छ । स्थानीय तहको अवधि समाप्त हुन लागेपछी नियमित निर्वाचन गर्ने विषयमा विभिन्न सञ्चारमाध्यममा आएका समाचारमा आफ्नो ध्यानाकर्षण भएको बताउदै समयमै निर्वाचन गर्नका लागी मिति तोक्न बारले सरकारलाई अनुरोध गरेको हो ।

Ads

सम्बन्धित पोष्टहरू