काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले सरकारको भौतिक सम्पतिहरु निजी क्षेत्रलाई प्रयोग गर्न नदिने बताएका छन् ।
आज(आईतबार) केशरमहलको निरीक्षण गरेका मन्त्री पौडेलले सरकारी संरचनाहरु नियमविपरित निजी क्षेत्रलाई प्रयोगमा दिएको पाइएमा कानूनअनुसार कारबाही गरिने भन्दै उक्त महल परिसरमा रहेको शिक्षा मन्त्रालय मातहतको सरकारी जग्गा निजी क्षेत्रलाई नदिने बताएका हुन् ।
२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भएको महललाई अब ६ महिनाभित्र पुनर्निर्माण गरेर काम सकाउन पनि उनले निर्देशन दिएका छन् । केशरमहल ३४ रोपनी, दुई आना, एक पैसा, तीन दाम क्षेत्रफलमा फैलिएको छ भने त्यहाँ स्थित स्वप्न बगैँचा आठ रोपनी क्षेत्रफलमा रहेको छ ।
केशर महल बाहिरको जग्गा निजी क्षेत्रलाई प्रयोगका लागी दिन खोजेको भन्दै विभिन्न संचारमाध्यममा समाचार प्रकाशित भएपछि मन्त्री पौडेलले महलको निरिक्षण गरेको बताए ।
प्रतिक्रिया दिनुहोस्