रामपुर । सवारी चालक अनुमतिपत्र नविकरण पाल्पाबाटै थालिएको छ । यसअघि सो कार्य बुटवल लगायतका स्थानबाट हुने गरेको थियो । सेवाग्राहीको सहजतालाई ध्यानमा राखेर जिल्लाबाटै सवारी चालक अनुमतिपत्र नविकरणको व्यवस्था गरिएको यातायात व्यवस्था सेवा कार्यालय पाल्पाका प्रमुख केशव सुनारले जानकारी दिए ।
कार्यालयले यही जेठ ४ गतेदेखि सवारी चालक अनुमतिपत्र नविकरणको काम थालेको छ । तानसेन नगरपालिका–७ बर्तुङ देवकोटा चोकस्थित कार्यालयबाट नविकरणको काम थालिएको प्रमुख सुनारले बताए ।
खेलकुद पत्रकार मञ्चमा पुनः अर्याल
यसैबीच नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा पाल्पाको अध्यक्षमा माधव अर्याल निर्विरोध चयन भएका छन् मञ्चको साधारणसभाबाट कान्तिपुर दैनिकका पत्रकार अर्याललाई पुनः अध्यक्षमा चयन गरिएको हो ।
यसैगरी मञ्चको उपाध्यक्षमा देव पचभैया, सचिवमा विजय पौडेल, कोषाध्यक्षमा कमल अधिकारी र सह–सचिवमा दुर्गेश मल्ल तथा सदस्यमा कृष्ण कार्की, विष्णु खनाल र दयाराज न्यौपानेलाई चयन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्