सर्लाही । खानेपानीमन्त्री महिन्द्रराय यादवले सबै नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँच पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको बताए । शनिवार यहाँ आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानमा स्वच्छ खानेपानी र सरसफाइ मौलिक हकमा उल्लेख रहेको र यसलाई कार्यान्वयन गर्न सरकार प्रतिवद्ध छ भने ।
नेपाल समाजवादी पार्टीका ९नेसपा०का अध्यक्ष समेत रहको उनले संविधान, लोकतन्त्र, पहिचान र अधिकारको रक्षा, समानुपातिक, समावेशी प्रतिनिधित्वका लागि आफ्नो पार्टीले आवाज उठाउँदै आएको बताए । उनले भने, “वर्तमानसत्तारुढ गठबन्धनको सरकारले संविधानमा रहेका त्रुटि सच्याउने छ ।”
प्रतिक्रिया दिनुहोस्