काठमाडौँ । नेकपा एमालेको जनवर्गीय संगठन प्रेस चौतारी नेपालले स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गर्न सरकारसँग माग गरेको छ । चौतारीका अध्यक्ष गणेश बस्नेतले एक विज्ञप्ति जारी गर्दै स्थानीय तहको निर्वाचन समयमै गरेर संविधान र लोकतन्त्रको रक्षा गर्न माग गरिएको छ ।
आम नागरिकको सेवा सुबिधासँग सरोकार रहेको स्थानीय तहको कार्यकाल सकिनै लाग्दासमेत सरकारले निर्वाचन मिति घोषणा नगरेकोप्रति प्रेस चौतारी नेपालको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सरकार र सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचन मिति अझै घोषणा नगरी जनप्रतिनिधिबिहीन बनाउने षडयन्त्र जारी राखेको आभाष हामीलाई भएको छ विज्ञप्तिमा उल्लेख गरिएको छ ।
२०७४ सालमा सम्पन्न स्थानीय तहका जनप्रतिनिधिले २०७४ जेठ ५ गते कार्यकाल सुरु गरेको तथ्यलाई स्मरण गर्दै यस संबैधानिक ब्यवस्थालाई नजर अन्दाज गर्दै वा गलत ब्याख्यासहित संबिधान र कानूनबिपरित स्थानीय तहको निर्वाचन समयमा नगर्ने र स्थानीय तहलाई जनप्रतिनिधिबिहीन बनाउने कुनै पनि कार्यलाई स्वीकार गर्न नसक्ने विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्