काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले १२ जिल्लाका प्रहरी प्रमुखसँग टेलिफोन वार्ता गरेका छन् । जिल्लामा शान्ति सुरक्षाको अवस्था, प्रहरीमा कोरोना संक्रमणको प्रभाव र प्रहरीको रासनबारे बुझ्न टेलिफोन वार्ता गरेका हुन् ।
गृहमन्त्री खाँणले झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनुषा, सप्तरी, सिराहा, सर्लाही, अछाम, पर्सा, मकवानपुर र रौतहटका प्रहरी प्रमुखसँग टेलिफोन वार्ता गरेर जिल्लाको अवस्थाबारे जानकारी लिएका छन् । मुख्यगरी प्रहरीमा र समग्र जिल्लामा कोरोना संक्रमणको प्रभाव, शीतलहर र हिमपातको अवस्था, जिल्लामा सुरक्षा स्थिति, प्रहरीलाई सरकारले उपलब्ध गराउने रासन भत्ताका बारेमा जानकारी लिएको प्रहरी प्रमुखले बताएका छन् ।
प्रहरीका अनुसार मन्त्री खाँणले शान्ति सुरक्षाको अवस्था, प्रहरीको रासन भत्ता शीतलहरको प्रभाव संगै न्यानो कपडा वितरणकाबारे पनि जानकारी लिएका छन् ।
प्रतिक्रिया दिनुहोस्