Ads

बागमती प्रदेशमा घट्यो गाडीभाडा


काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेश भरका सवारी साधनहरुमा भाडा घटाएको छ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य कटौती गरेपछि सरकारले सवारी साधनको भाडा पनि घटाएको हो ।

पेट्रोलियम पदार्थको मूल्य घटेपछि सङ्घीय सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीको भाडा दर घटाएको एक सातापछि प्रदेश सरकारले पनि   प्रदेशभर चल्ने सार्वजनिक सवारी साधानको भाडा समायोजन गर्ने निर्णय गरेको छ । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले करिब पाँच प्रतिशतका दरले प्रदेशभित्र अन्तर स्थानीय तह चल्ने सार्वजनिक सवारी साधनको

भाडादर घटाएको छ । मन्त्रालयका सूचना अधिकारी खगेन्द्र पौडेलले हिजो बसेको भाडा निर्धारण/समायोजन सिफारिस समितिको बैठकले भाडा दर समायोजन गर्ने निर्णय गरेको जानकारी दिए ।

उनका अनुसार आज राजपत्रमा प्रकाशित भएपछि घटाइएको भाडादर लागू हुनेछ । काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सिटी बसमा हाल रहेको भाडा दरमा आजबाट लागू हुने गरी ५ं दशमलव ९ प्रतिशत घट्ने छ ।

यस्तै बागमती प्रदेशभित्र अन्तर पालिका चल्ने मालवाहक सवारी साधनमा ५ दशमलव ६९ र यात्रुवाहक बसमा ४ दशमलव १८ प्रतिशतले भाडा दर घटाउने निर्णय मन्त्रालयले गरेको छ ।

Ads

सम्बन्धित पोष्टहरू