Ads

राष्ट्रिय महिला भलिबल टोलीलाई सम्मान तथा पुरस्कार प्रदान गरिने


काठमाडौँ । नेपाल सरकारले राष्ट्रिय महिला भलिबल टोलीलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ । आगामी शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना हुने कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय महिला भलिबल टोलीलाई सम्मान गर्ने भएका छन् ।

युवा तथा खेलकुद मन्त्रालयका अनुसार बंगबन्धु एशियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको विजेता महिला भलिबल टोलीका १२ जना खेलाडीलाई जनही पाँच लाख, प्रमुख प्रशिक्षक र प्रशिक्षकलाई तीन–तीन लाख र टोली व्यवस्थापकलाई दुई लाख प्रदान गर्ने कार्यक्रम रहेको छ ।

गत पुस ६ गतेदेखि १६ गते सम्म बङ्गलादेशको ढाकामा सञ्चालन भएको प्रतियोगितामा नेपाली टोलीले प्रथम स्थान हाँसिल गरेर राष्ट्रको गौरव बढाएको बताउदै सम्मानस्वरुप पुरस्कार प्रदान गर्ने बताइएको छ ।

Ads

सम्बन्धित पोष्टहरू