Ads

माफी मागिन् गिभिना मगरले नर्सहरुसँग


चितवन। चितवनस्थित बिपी कोइराला मेमोरियल अस्पतालमा नर्सहरुसँग भएको विवाद र उक्त विवादको भिडियो सामाजिक सञ्जालमा राखेपछि चर्चामा आएकी गिभिना मगरले नर्सहरुसँग माफी मागेकी छिन्। उक्त अस्पतालका नर्सका विषयमा भिडिओ बनाएर विवादित बनेकी उनले आफूले जानेर वा नजानेर गल्ती गरेको भन्दै बुधबार सार्वजनिक रुपमा माफी मागेकी हुन्।

‘म नर्सिङ पेसालाई सधैँ सम्मान गर्छु। मान्छेलाई बचाउने भग वान् नर्स-डाक्टरहरू हुनुहुन्छ। कसैले पनि डाक्टर-नर्सहरूलाई गाली, नराम्रो कमेन्ट कृपया नगरिदिनुहोला’, गिभिनाले सामाजिक सञ्जालमार्फत भनेकी छन्, ‘यो घटनाले हामी सबैलाई दुःखी बनाएको छ। माफी चाहन्छु।’

गिभिनाले आफ्नो उद्देश्य नर्सहरुलाई गलत देखाउनु नरहे पनि भूलवश गल्ती भएको स्वीकार गरेकी छन्। साथै उनले आगामी दिनमा यस्तो गल्ती नदोहोरिने प्रतिबद्धता पनि व्यक्त गरेकी छन्। आफ्ना कारण नर्सिङ पेसामै चोट पुगेको, चरित्र हत्या भएकामा धेरै दुःख लागेको गिभिनाले उल्लेख गरेकी छन्।

यस क्रममा उनले आफू फ्लोरेन्स नाइटिङ्गेलकै बाटोमा हिँड्ने गरेको र स्टार्फ नर्स पढ्ने धेरै मन भए पनि आर्थिक अभावका कारण नपाएको समेत बताएकी छन्। त्यस्तै उनले नर्सलाई गाली नगर्न र आफ्ना कारणले सुरु भएको यो विषय आफूले माफी मागेसँगै अन्त्य होस् भन्ने आग्रह गरेकी छन्।

Ads

सम्बन्धित पोष्टहरू