काठमाडौं । नेकपा (एमाले) का तीन जिल्ला कमिटीले समयमै स्थानीय तहको निर्वाचन गराउन खबरदारी गर्ने भएका छन् ।
सोमबार काठमाडौं उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर) का जिल्ला किमिटी अध्यक्षहरुको संयुक्त बैठकले समयमै चुनाव गराउन माग गरेको हो ।
विज्ञप्तिमा काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौला, ललितपुर जिल्ला अध्यक्ष पुरुषोतम आचार्य र भक्तपुर जिल्ला अध्यक्ष बचन देउजाले संयुक्त हस्ताक्षर गरेका छन् ।
आवधिक निर्वाचन कुनैपनि व्यक्ति, पार्टी वा समूहको अनुकूलता वा प्रतिकुलता वा बहानाबाजीलाई आधार बनाएर सार्ने कार्य नहोस् भन्दै खबरदारी गर्ने निर्णयमा पुगिएको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्