Ads

समयमै निर्वाचनका लागि देशब्यापी दबाव दिने एमालेको निर्णय


काठमाडौं । नेकपा एमालेले यथाशीघ्र स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सरकारलाई दबाब दिने भएको छ । सो पार्टीले यसका लागि पार्टीका सबै जनबर्गीय संगठनहरुलाई पचिालन गर्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय थापाथलीमा सोमबार बसेको एमाले केन्द्रीय कार्यालय बैठकले आउँदो वैशाखभित्रै स्थानीय तह निर्वाचनको मिति घोषणा गर्नका लागि  सरकारलाई दबाव दिने निर्णय गरेको एमालेले जनाएको छ ।
बैठकले स्थानीय तह निर्वाचनका लागि पार्टीका सम्पूर्ण मातहत कमिटीहरूलाई तयारीमा जुट्न निर्देशन दिने निर्णय पनि गरेको छ ।
बैठक महासचिव शंकर पोखरेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू