वि.सं. २०८० ज्येष्ठ १३ गते शनिवार तदनुसार ई. सं. २०२३ मई २७ तारिख, पिङ्गल नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु, सूर्योदय : बिहान ०५:१२ बजे र सूर्यास्त : साँझ ०६:५१ बजे, आज : मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा/रुद्राभिषेक) ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – अनावश्यक यात्रामा ननिस्कनुहोला। रोगको प्रकोप बढ्ने देखिएको छ।आम्दानी बढ्नेछ। सोचेअनुसार काम नबन्दा चिन्ता थपिनेछ। आफन्तबाट अपमान मिल्नेछ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – पठनपाठनमा आलश्य बढ्नेछ। दाम्पत्य जीवन सुखमय रहला। मनमा उल्लास बढ्नेछ। सामाजिक र धार्मिक क्षेत्रमा मन जानेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –शिक्षामा गरेको लगानीबाट फाइदन मिल्नेछ। प्रेममा सफलता पाइनेछ। दिन निकै राम्रो छ। बोलीको प्रभाव बढ्नेछ। व्यापार व्यवसायबाट राम्रो फल प्राप्त हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – शिक्षामा गरेको श्रम लगानीबाट सन्तोष पाइनेछ। जग्गासम्बन्धी कारोबारमा लाभ हुनेछ। दिन सामान्य राम्रो छ। काममा सफलता मिल्नेछ। उत्साह बढ्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – दिन सामान्य राम्रो छ। मातापिताबाट सहयोग मिल्नेछ। राजनीतिमा शत्रु बढ्नेछ। आर्थिक क्षेत्रमा ठूलो फड्को मिल्ने योग रहेको छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – खर्च बढ्नेछ। रोगको प्रकोप बढ्ने देखिन्छ। दिन राम्रो नै छ। शिक्षा क्षेत्रमा गरेको लगानीबाट निकै उत्साह मिल्नेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – स्वास्थ्यमा समस्या आउनेछ। पारिवारिक मेलमिलाप हुनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा मिल्नेछ। अरु क्षेत्र यथास्थितीमा छ।सामान्य दिन राम्रो छ। खुसी मिल्नेछ। खर्च बढ्नेछ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – बिहान उठेर सूर्यको दर्शन गर्नुहोला। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ। दिन सामान्य राम्रो छ। समस्याबाट नै समाधान निकाल्नुपर्नेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – प्रेममा सफलता मिल्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा पाइनेछ।दिन राम्रो छ। बोलीमा मिठास रहनेछ। रोगबाट मुक्ति मिल्नेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –पठनपाठनमा जोशजाँगर बढ्नेछ। प्रेममा धोका हुने भएकाले सचेत हुनुपर्ने देखिन्छ। दिन राम्रो छ। आफन्तको सहयोग मिल्नेछ। प्रतिस्पर्धी निस्तेज हुनेछन्।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –गणेश भगवानको स्मरण गरे मन शान्त हुनेछ। बोलीका कारण घाटा हुने भएकाले बोल्दा सचेत हुनुहोला। व्यस्तताले गर्दा मानसिक तनाव बढ्नेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – भूमि सम्बन्धी कारोबारमा ठूलो आम्दानी र मानसम्मान बढ्नेछ। सामाजिक, आर्थिक, धार्मिक, पारिवारिक क्षेत्रहरु यथास्थितीमा रहेपनि वैदेशिक क्षेत्रमा गरेको श्रम लगानीबाट राम्रो हुनेछ।
प्रतिक्रिया दिनुहोस्